मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तीन बलमा तीन छक्का,  मुम्बईद्वारा राजस्थान पराजित

ratopati.com · Mon May 01 06:35:00 GMT 2023

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १००० औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । राजस्थानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पछ्यायो ।

रोमाञ्चक खेलमा मुम्बईलाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। टिम डेभिडले पहिलो ३ बलमा ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । डेभिड १४ बलमा ४५ रन बनाएर नटआउट रहे । यसअघि मुम्बईका लागि सूर्यकुमार यादवले २९ बलमा ५५ रन बनाए । उनी आउट हुँदा मुम्बईलाई ४ ओभरमा ५७ रन चाहिएको थियो। १६औं ओभरमा सूर्यकुमार यादवको विकेट खसेपछि ब्याटिङमा आएका टिम डेभिडले टोलीलाई जीतसम्म डोर्‍याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)