मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएसजीको जितमा एमबापेको कीर्तिमानी गोल

ekantipur.com · Sun Mar 05 01:19:47 GMT 2023

पेरिस — केयलिन एमबापेले क्लबका लागि गरेको २ सय १ औं गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा नेन्ट्समाथि ४–२ को जित निकालेको छ । उनले ९२ औं मिनेटमा गोल गरे ।

यससँगै उनले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा रहेका एडिसन कभानीलाई उछिने । डिसेम्बरमा २४ वर्ष मात्र पुगेका एमबापेले आफूलाई विश्व फुटबलका सबैभन्दा ठूला स्टारका रूपमा स्थापित गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)