क्यारी लाम सरकारमाथि हङकङका जनताकाे बढ्दाे अविश्वास, काेराेनाविरुद्धकाे खाेप लगाउन मानेनन्
nepallive.com · Wed May 26 17:37:00 GMT 2021
हङकङ- हङकङका नागरिकहरु कोरोनाविरुद्धको खोप लगाउन अनुच्छिक देखिएका छन्। क्यारी लाम सरकारमाथि अविश्वास रहेकाे भन्दै नागरिकहरुले खोप लगाउन अस्वीकार गरेकाे बताइन्छ। हङकङमा ७५ लाख मानिसहरु बसोबास गर्दछन्। यद्यपि हङकङ कोरोनाबाट कम प्रभावित क्षेत्र हो।
हङकङमा हालसम्म ११ हजार ८३७ मा कोरोना पुष्टि भएको छ। २१० को कोरोनाका कारण मृत्यु भएको छ भने ११ हजार ५६१ कोरोनामुक्त भएका छन्। अहिले ६६ सक्रिय कोरोना संक्रमित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)