मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रालय थप्ने र जिम्मेवारी हेरफेर गर्ने लुम्बिनी सरकारको निर्णय

ekantipur.com · Fri Dec 22 16:48:27 GMT 2023

काठमाडौँ — लुम्बिनी प्रदेश सरकारको शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले मन्त्रालय थप्ने र मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै सरकारलाई मन्त्रालयको संख्या थप गर्न बाटो खुलेको छ ।

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली-२०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको हो । नियमावलीको अनुसूची १ मा लुम्बिनी प्रदेशमा रहने मन्त्रालयको संख्या किटान गरेको छ । अनुसूची १ अनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह, अर्थ, उद्योग पर्यटन तथा यातायात, कृषि तथा भूमि व्यवस्था, खानेपानी ग्रामीण तथा सहरी विकास, भौतिक पूर्वाधार, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय गरी १० मन्त्रालय मात्र रहने व्यवस्था छ । सरकारले त्यसलाई हेरफेर गर्दा मन्त्रालयको संख्या तलमाथि हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)