फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा प्रकाश र करिष्मा च्याम्पियन
baahrakhari.com · Wed Apr 14 17:03:00 GMT 2021
काठमाडौं । प्रथम फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिप प्रतियोगितामा प्रकाश खड्का र करिष्मा कार्की च्याम्पियन भएका छन् । बुधबार काठमाडौंको एयरपोर्टमा भएको प्रतियोगितामा खड्का र कार्की च्याम्पियन भएका हुन् ।
आईकेए एयरपोर्ट शाखाको आयोजनामा भएको फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले नेपाली खेलकुदलाई पुरानै अवस्थामा फर्काउन लागी परेको बताएका छन् । पछिल्लो समय खेलकुदमा कोरोना महामारीले थलिएको हुनाले खेलकुद गतिविधि बढाएर खेलकुदको विकास गर्न आफू योजनामा लागि परेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)