मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हार्दिक पाण्ड्याले बनाए हारको ह्याट्रिक, विजयी हुँदै प्वाइन्ट टेबलको नम्बर एकमा राजस्थान

kalakarmi.com · Tue Apr 02 00:11:28 UTC 2024

मुम्बई– सञ्जु सामसनको कप्तानीमा राजस्थान रोयल्यले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनमा धूम मच्चाइरहेको छ । यो टीमले सोमवार राति मुम्बईको वानखेडे स्टेडियममा उत्कृष्ट शैलीमा जीत हासिल गरेको छ । राजस्थानले मुम्बई इन्डियन्सलाई उसैको घरमा ६ विकेटले पराजित गरेको छ ।

यो जारी सीजनमा हार्दिक पाण्ड्याको कप्तानी रहेको मुम्बई ईन्डियन्सको लगातार तेस्रो हार हो । जबकि राजस्थान रोयल्सको टीमले जीतको ह्याट्रिक गर्दै प्वाइन्ट टेबलको पहिलो स्थानमा पुगेको छ । यो सीजनमा मुम्बईले एउटा पनि खेल जित्न सकेको छैन, जबकि राजस्थानले कुनै पनि खेल हारेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)