जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित
barnanmedia.com · Thu Aug 14 22:00:06 GMT 2025

काठमाडौँ, ३० साउन : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा चार सय ५४ जना, क्याप–आईआई तहमा चार सय चार जना र क्याप– आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसअनुसार क्याप– आईआईआई तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थी संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)