टिकटक बनाउने बहानामा पठाओ राइडरसँग मोटरसाइकल मागेर चोरी, ३ जना पक्राउ
ratopati.com
पठाओमा हिँड्दा चिनजान गरेर ‘टिकटक बनाउँछु’ भनेर मोटरसाइकल नै चोरेर भाग्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० घर भएका १८ वर्षीय निशान सापकोटा पठाओमा हिँड्थे । राइडरसँग चिनजान गरेपछि ‘टिकटक बनाउँछु’ भन्दै मोटरसाइलक मागेर उनि फरार हुने गरेका थिए ।
काठमाडौंबाट चोरेको मोटरसाइकल उनले सिन्धुपाल्चोकको मेलम्चीमा लगेर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । प्रहरीले मुख्य आरोपी निशान सापकोटा, मेलम्चीमा ‘रावल लेथ एण्ड इन्जिनियरिङ वर्कशप’ सञ्चालन गर्ने ३२ वर्षका रामचन्द्र रावल र सिन्धुपाल्चोक इन्द्रावतीका पुस्कर काफ्लेलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)