मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भवानी क्याम्पस पालुङ्टारमा ई–लाइब्रेरी स्थापना

annapurnapost.com · Tue Apr 02 00:09:55 UTC 2024

गोरखा : पालुङटार नगरपालिकामा अवस्थित भवानी बहुमुखी क्याम्पसमा प्रविधिमैत्री पुस्तकालय स्थापना गरिएको छ। करिब ५ हजार अनलाइन र एक हजार ५ सय अफलाइन पुस्तकसहित सो क्याम्पसमा पुस्तकालय स्थापना गरिएको हो।

गोरखाको सहिद लखन गाउँपालिका नामजुङ् घर भई हाल जर्मनीमा बसोबास गर्ने रामप्रताप थापाको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेशनको सहकार्यमा भवानी क्याम्पसमा सो पुस्तकालय स्थापना भएको कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)