मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

ekantipur.com · Tue May 14 00:07:23 UTC 2024

काठमाडौँ — नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारसँगै केही हेरफेर गरेका छन् । जसपा नेपाल सोमबार बिहान सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले अशोक राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेटेका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट र दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीबाट राजीनामा दिएपछि सोही पार्टीबाट विभाजित भई बनेको जसपाका उपमहासचिव प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै, प्रधानमन्त्री दाहालले जसपाकै हसिना खानलाई पनि राज्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि जसपा नेपालबाट वन तथा वातावरणमन्त्री बनेका नवलकिशोर शाह सुडीले भने दाहाल सरकारमा निरन्तरता पाएका छन् । सुडी पार्टी विभाजनपछि राई नेतृत्वको जसपामा छन् । सोमबारको मन्त्रिपरिषद् हेरफेरसँगै जसपाले थप एक–एक मन्त्री र राज्यमन्त्री पाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)