उडानमा लापरबाहीले नियमनमै प्रश्न
gorkhapatraonline.com · Mon Dec 11 06:13:48 GMT 2023
काठमाडौँ, मङ्सिर २५ गते । पछिल्लो समय आन्तरिक उडानका वायु सेवा कम्पनीमा लापरबाही बढ्न थालेको छ । उडानका क्रममा कहिले जहाजको इन्डिकेटरमा समस्या, कहिले आकाशमै जहाजको ढोका खुल्ने, कहिले ढोकै नखुल्ने समस्या, कहिले जहाजको ब्याट्री डाउन भएर जहाज स्टार्ट नै नहुने त कहिले जहाजको ल्यान्डिङ गेयरमा आउने समस्यालगायतका लापरबाहीबिच आइतबार पुनः यस्तै घटना दोहोरिएको छ ।
काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपत्कालीन ढोकाको सिसा बाटोमै खसेपछि आन्तरिक उडानमा नियामक निकायले गर्ने जाँच, निरीक्षणलगायतको नियमनमा प्रश्न उठेको छ । पटक पटक जहाजको आवश्यक जाँचमा कमजोरी भेटिँदै आए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले संलग्न जहाज, चालक दल वा प्राविधिकलाई केही समय मात्रै कारबाही गर्दा हवाई सुरक्षा चुनौती बढ्दै गएको छ । वायु सेवाको उडानमा हुने सामान्य कमजोरी ठुलो दुर्घटनाको कारक बन्न सक्ने भए पनि उडानमा चालक दलदेखि वायु सेवा कम्पनीसम्मले गर्ने लापरबाहीको घटनामा भने कमी आउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)