कांग्रेसको बहिष्कारबीच कोशीमा विश्वासको मत
ekantipur.com · Tue May 14 00:11:27 UTC 2024

विराटनगर — कांग्रेस सांसदको बहिष्कारबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिएका छन् । संसद्मा उपस्थित ६२ मध्ये ५७ सांसदले उनलाई विश्वासको मत दिए । कांग्रेसले बहिष्कार गर्दा विपक्षमा शून्य मत रह्यो । राप्रपाका ५ सांसद तटस्थ बसे ।
प्रदेश प्रमुख परशुराम खापुङले एमाले–माओवादीको समर्थनमा गत बिहीबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेस नेता तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । उक्त रिट विचाराधीन हुँदाहुँदै विश्वासको मत लिन र संसद् बैठक गर्न सरकार हतारिएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)