गोरखामा खानेपानी समस्याको जड
ekantipur.com · Tue May 14 00:13:36 UTC 2024
नेपाल जलस्रोतको धनी मुलुक भनेर चिनिन्छ । तर जनता पानी खान नपाएर तड्पिरहेका छन् । खानेपानीका ठुल्ठूला आयोजना अलपत्र छन् । गोरखाकै पनि २०७४ सालमा सुरु भएको ४८ करोडको दरौंदी खानेपानी आयोजना निर्माण चरण पूरा गरेपछि चलाउन नसकेर अलपत्र छ ।
सर्वेक्षणकै बेलाको गल्तीले दरौंदी खानेपानी आयोजना सम्हाल्नै गाह्रो हुने अवस्थामा पुगेको हो । कामभन्दा पनि पदको लोभमा पर्नेहरूले खानेपानी कसरी सञ्चालन गर्ने भन्नेबारे सोच्न सकेनन् । खानेपानी आयोजना सञ्चालनका विषयमा अनुभव नभएकाहरू खानेपानी समितिमा हाबी हुन्छन् । त्यही कारण काममा अलमल देखिन्छ । अनुभव भएकाहरूसँग सल्लाह लिन पनि खोज्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)