मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपेन्द्र यादवको उतारचढाव

ekantipur.com · Tue May 14 00:14:24 UTC 2024

केन्द्र सरकारमा उपेन्द्र यादवको बर्हिगमन भएसँगै मधेश प्रदेश सरकारबाट जसपा विस्थापित हुने अवस्थामा पुगेको छ । जसपा नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी हट्ने भएका छन् । उनीहरूका मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाएका छन् । अब मधेशमा सीके राउतको जनमत पार्टीको नेतृत्वमा एमाले र माओवादीसहितको सरकार बन्ने निश्चित भएको छ ।

मुलुक संघीयतामा गएर मधेश प्रदेश सरकार बनेपछि त्यहाँ उपेन्द्र यादवको पार्टी सरकारको नेतृत्वमा थियो । अब जसपाबिना नै प्रदेश सरकार बन्ने भएको छ । केन्द्रमा पनि ऊ सत्ताबाहिर रहनेछ । यसको अर्थ हो अब बिस्तारै–बिस्तारै मधेशमा उपेन्द्र यादव र जसपाको उपादेयता कम हुँदै गएको छ । जसपालाई टक्कर दिने नयाँ पार्टी र नेताहरू मधेशमा जन्मिँदैछन् । जनमत पार्टीले मात्रै मधेश प्रदेशमा १३ सिट जितेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)