नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्नुपर्दछ : कवि प्रकाश थाम्सुहाङ
ratopati.com · Sat May 20 22:46:00 GMT 2023
भारत । कवि प्रकाश थाम्सुहाङले स्थापित समुदायहरूको साहित्य तीन हजार सालदेखि चलिआएको बताएका छन् । भारतस्थित प्रकाशन संस्था बुकएन्ट केफेमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । इलामेली कविका रुपमा समेत पहिचान बनाएका उनले भने, “स्थापित समुदायहरूको साहित्य तीन हजार सालदेखि चलिआएको हो। त्यसको गरिमालाई हामीले स्वीकारेकै हौँ। हाम्रो पनि आफ्नै भाषा, संस्कृति, साहित्य र धरोहर छ। हामीले पनि हाम्रै धरोहरको कुरा गर्दा हामीलाई अराजक हुनुको आरोप लाग्ने गरेको छ ।”
पहिचानवादी लेखनमाथि लाग्ने गरेको अनावश्यक एकपाखे आरोपको तार्किक जवाफ दिँदै उनले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, “नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्नुपर्दछ। पुरानो पुस्ताले नयाँ पुस्तालाई माया गर्नुपर्दछ। तब साहित्यिक संवादको परम्परा अघि बढ़ेर जाने हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)