दयाहाङ, विपीन, अनमोल र प्रदीपको पुस्तालाई टक्कर दिने अर्को जेनेरेसन किन आएन ?
baahrakhari.com · Sat Dec 18 00:50:00 GMT 2021
काठमाडौं । पछिल्ला केही वर्षयता अभिनयमा ‘नोटिस’ हुने गरी सिनेमा क्षेत्रमा अभिनेता तथा अभिनेत्रीहरूको प्रवेश भएको छैन । चलचित्र बन्नेक्रम नरोकिए पनि चलचित्र क्षेत्रलाई नै नेतृत्व गर्ने गरी कलाकारको प्रवेश भएको पाइएको छैन । यद्यपि, सिनेमा कलेज र थिएटरहरूमा सिनेमा पढ्नेको संख्या घटेको छैन ।
सिनेमा बनिरहेका छन् । सिनेमा कलेजहरूले अध्यापन गरिरहेकै छन् । थिएटर र अभिनय सिकाउने संस्थाहरूमा विद्यार्थी छँदै छन् । तर, किन नयाँ अभिनेता तथा अभिनेत्रीहरूको बलियो आगमन हुन सकेको छैन ? थिएटरबाट विपीन कार्कीको पुस्ता चलचित्रमा आएपछि त्यत्तिकै अब्बल अर्को पुस्ता आउन सकेको छैन । अनमोल केसी, प्रदीप खड्का र पल शाहपछि उनीहरूलाई टक्कर दिन अर्को पुस्ता आएको छैन । अभिनेत्रीमा सुरक्षा पन्तपछि कम्तीमा उनीजत्तिकै अभिनय गर्ने अरू महिला कलाकार आएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)