मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायती प्रधानमन्त्रीकी सासू भारतको राज्यसभामा मनोनीत

ratopati.com · Sat Mar 09 00:37:00 GMT 2024

नयाँ दिल्ली । सुधा मूर्तिलाई राज्यसभामा मनोनयन गरिएको छ। आधिकारिक जानकारी बाहिर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । सुधा मूर्तिलाई इन्फोसिसका संस्थापक नारायण मूर्तिकी पत्नी र बेलायती प्रधानमन्त्री ऋषि सुनककी सासूका साथै शिक्षक र सामाजिक अभियन्ताको रूपमा पनि चिनिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक्समा लेखेका छन्, ‘भारतका राष्ट्रपतिले सुधा मूर्तिलाई राज्यसभामा मनोनीत गरेकोमा म खुसी छु। सामाजिक कार्य, परोपकार र शिक्षालगायत विभिन्न क्षेत्रमा सुधाजीको योगदान ठुलो र प्रेरणादायी रहेको छ। राज्यसभामा उनको उपस्थिति हाम्रो 'महिला शक्ति' को बलियो प्रमाण हो। यो हाम्रो देशको भाग्य निर्माण गर्न महिलाको शक्ति र क्षमताको उदाहरण हो। उहाँको सफल संसदीय कार्यकालको कामना गर्दछु ।‘

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)