सलहेस र चर्चब्वाइज ताप्लेजुङ गोल्डकप उपाधिका लागि भिड्ने
rajdhanidaily.com · Thu Aug 14 23:45:45 GMT 2025
ताप्लेजुङ । मधेश प्रदेशको सलहेस युवा क्लब, सिरहा र बाग्मती प्रदेशको चर्चब्वाइज क्लब, ललितपुर ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन । फाइनमा उपाधिका लागि भिडे्ने यि टिम ताप्लेजुङका लागि नयाँ टिम भने होइनन । चर्चब्वाइज २०७२ सालमा यसै मैदानबाट उपाधि चुमेको टिम हो भने सलहेस गतवर्षको उपविजेता टिम हो
फाइनल खेल आगामी साउन ३१ गते शनिबार दिउँसो २:३० बजे, भानुजन माविको मैदानमा हुनेछ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा, गतवर्षको उपविजेता सलहेसले रेडस्टार क्लब, झापालाई २–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । खेलमा सलहेसका युसुफ मल्लिकले दुवै गोल गर्दै टोलीलाई फाइनलको यात्रा दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)