वर्षायाममा भाडापखाला र हैजा फैलिन सक्छ, सचेत रहनू
baahrakhari.com · Tue Jun 27 00:47:00 GMT 2023
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षायाममा विभिन्न रोग फैलिनसक्ने भन्दै समयमै सचेत हुन आग्रह गरेको छ । दूषित पानी तथा खानाका कारण वर्षायाममा धेरै रोग फैलिने सम्भावना उच्च हुने भएकाले बेलैमा यसबारे सचेत हुन मन्त्रालयले अनुरोध गरेको छ ।
भाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्नेभन्दै मन्त्रालयले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरू अपनाउनु पर्नेमा जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)