बढ्दो खराब कर्जा र अधिक तरलताले बैंक संकटमा
ajakoartha.com · Tue Apr 02 00:22:00 UTC 2024

बैंक तथा बित्तीय संस्थाको बढ्दो खराब कर्जाको ग्राफ र अधिक तरलताले अर्थतन्त्रमा बहुआयामिक संकट देखा पर्न थालेका छन् । सरकारले अर्थतन्त्र सुधारको दिशा तर्फ गइरहेको एकतमासले ढोल पिटिरहँदा समयमा कर्जा असुल्न नसक्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको छ । खराब कर्जाको ब्यारोमिटर निरन्तर उत्कर्ष हुँदा बैंक तथा बित्तीय संस्थाहरुको गैरबैकिङ्ग सम्पत्ति बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरितकृत बित्तीय विवरण अनुसार ९ वटा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात ४ प्रतिशत भन्दा माथि छ । गत कार्तिक मसान्तसम्म गैरबैकिङ्ग सम्पत्ति २१ अर्ब ९१ करोड ६० लाख पुगेको छ । जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ४५ करोड ७० लाख रुपैयाले बढी हो । राष्ट्र बैंकको ब्यवस्था अनुसार बैंकहरुको खराब कर्जा अनुपात ५ प्रतिशत भन्दा बढी राम्रो होइन । खराब कर्जा बढेको कारण पनि वाणिज्य बैंकहरुमा गैरबंैकिङ्ग सम्पत्ति बढेको हो ।
एकातिर खराब कर्जा बढेर बैंकलाई टाउको दुखाई बनेको छ भने अर्कोतिर तरलता अधिक
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)