अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
nepalpress.com · Fri Jul 24 00:45:34 GMT 2026

काठमाडौँ । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार यहाँ सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)