मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिंगापुर पर्यटनको प्रख्याती

rajdhanidaily.com · Thu Dec 07 23:26:02 GMT 2023

हुन त सिंगापुर र नेपाल तुलना गर्न योग्य देश नै होइनन् † खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आयस्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिसको औसत आयु, सडक, जल र हवाई यातायातमा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको ‘फेद’सँग मिल्ने तुलना हो, न त ‘टुप्पो’सँग मिल्ने तुलना हो । अझ भूगोल र जनसंख्याको आधारमा त नेपालभन्दा सिंगापुर कता हो कता सानो देश रहेको छ । त्यसो भए तापनि विदेशी पर्यटकलाई आकर्षित गर्न भने सिंगापुर गजबको देश हो । तर, पनि नेपालले सिंगापुरलाई जित्ने भनेको जनसंख्या र भूगोलमा हो । ’cause, जनसंख्याको आधारमा सिंगापुरभन्दा नेपाल धेरै ठुलो देशका रूपमा रहेको छ । त्यस्तै, भूगोलको आधारमा नेपाल सिंगापुरभन्दा ठुलै रहेको छ । नेपाललाई भूगोल र जनसंख्याको आधारमा हेर्दा विश्वकोे मध्यमस्तरको देश मानिन्छ । जबकि, सिंगापुर भूगोलका आधारमा हेर्दा लगभग अन्तिम देशमा दरिन्छ । जस्तै, भूगोलको आधारमा हेर्दा नेपाल विश्वको ९५औं स्थानमा रहेको छ । सिंगापुरचाहिं भूगोलको आधारमा हेर्दा विश्वको १९०औं स्थानमा रहेको देखिन्छ । त्यस्तै, जनसंख्याको आधारमा हेर्दा नेपाल विश्वको ४९औं देशको रूपमा रहेको छ भने सिंगापुरचाहिं विश्वको ११३औं देशमा दरिएको छ । ‘वल्र्ड पपुलेसन रिभ्यु’को रिपोर्टमा उल्लेख भएअनुसार हाल नेपालको जनसंख्या ३ करोड ८९ लाख ४८ हजार ६२७ पुगेको छ । त्यस्तै, सिंगापुरको जनसंख्याचाहिं ५९ लाख ८४ हजार ७५६ रहेको पुगेको छ । औसतमा बाँच्ने आयु आदिका आधारमा हेर्दा सिंगापुर नेपालभन्दा धेरै अगाडि रहेको छ ।

जस्तो कि, विश्वका विकसित देशको सूचीमा सिंगापुर १२औं स्थानमा रहेको छ । हुन पनि मानव विकास, विज्ञान, सूचना, प्रविधि, कलकारखाना, पर्यटन, व्यापार, सामुन्द्रिक बन्दरगाह, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा धेरै अगाडि रहेको देखिन्छ । त्यस्तै, विश्व बैंकले सन् २०२१ मा जारी गरेको तथ्यांक अनुसार सिंगापुरको प्रतिव्यक्ति आय ७२ हजार ९४ अमेरिकी डलर पुगेको छ भने, नेपालको प्रति आय केवल १ हजार २२२ रहेको छ । उता ‘मानव विकास सूचांक २०२२’मा सूचीकृत देशको सूचीमा पनि सिंगापुर ११औं स्थानमा रहेको छ भने नेपाल १३९औं स्थानमा रहेको छ । यसरी हेर्दा भूगोल र जनसंख्याबाहेक सबै कुरोमा नेपालभन्दा सिंगापुर धेरै कुरोमा अगाडि रहेको देखिन्छ । त्यस्तै, विदेशी पर्यटक भित्याउने सन्दर्भमा पनि नेपाललाई सिंगापुरलाई सयौं वर्षसम्म भेटाउन नसक्ने देखिन्छ । हुन पनि यो लेखमा सिंगापुर र नेपालको पर्यटन आगमन संख्या’bout तुलनात्मक ढंगले केही लेख्ने प्रयास गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)