कांग्रेस विवाद फेरि सर्वोच्चमा
nagariknews.nagariknetwork.com · Fri Jul 24 02:06:21 GMT 2026

नेपाली कांग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतर पक्ष आधिकारिकता विवादमा पुनरवलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतर पक्ष सर्वोच्चको फैसला पुनरवलोकनको मागसहित पुनः सर्वोच्च पुगेको हो।
बिपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतर पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। सातै प्रदेशमा प्रदेशस्तरीय भेला गरेका उनीहरूले साउन २९ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)