फ्रान्समा डढेलोले ४० हजार विस्थापित
barnanmedia.com · Fri Jul 24 21:15:00 GMT 2026

दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र क्याप–फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले १० हजार हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
अधिकारीहरूका अनुसार बोर्डोबाट पश्चिमतर्फ रहेको सौमोस गाउँमा बुधबार सुरु भएको आगो तीव्र गतिमा फैलिँदै क्याप–फेरेट प्रायद्वीप पुगेको हो । पाइन वन, बालुवाका टाकुरा र ओइस्टर उत्पादनका लागि परिचित यो क्षेत्र फ्रान्सका चर्चित व्यक्तिहरूको रोजाइको पर्यटकीय गन्तव्य मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)