वर्किङ भिसामा पठाइदिन्छु भन्दै एजुकेसन कन्सल्टेन्सीले ५० युवासँग ठग्यो पाँच करोड
nayapatrikadaily.com · Tue Apr 02 00:30:00 UTC 2024
वर्किङ भिसामा विदेश पठाइदिने भन्दै औपचारिक कार्यालयसमेत नभएको टप च्वाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकले ५० युवाबाट पाँच करोड रुपैयाँ ठगेको खुलेको छ । सञ्चालकद्वय कृष्णकुमार राई र रूपेशकुमार ठाकुरले युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टा, क्रोएसियालगायत मुलुकमा राम्रो जागिरमा पठाइदिने भन्दै ठगी गरेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राई र ठाकुरसहित उनीहरूका सहयोगी पर्वराज पाण्डे र जीवन तामाङलाई पक्राउ गरेको छ । करिब आठ महिनाको खोजीपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनीहरूविरुद्ध २२ पीडितको जाहेरी परेपछि पक्राउ गरेको अनुसन्धानमा संलग्न कार्यालयका डिएसपी गोविन्द पन्थीले जानकारी दिए । उनका अनुसार अन्य पीडितहरू पनि जाहेरी दिन कार्यालय आएको, तर आवश्यक कागजात अभाव हुँदा दर्ता हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)