मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपति चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु

Ujyaaloonline.com · Wed Mar 15 01:08:08 GMT 2023

काठमाण्डाै – उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ । उपराष्ट्रपति पदका लागि पर्सि ३ गते मतदान हुँदैछ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)