इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन छलफल
barnanmedia.com · Fri Jul 24 21:45:00 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवद्र्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) का डीन तथा इन्जिनियरिङ कलेजहरुको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, संस्थानका डीन प्राडा सुशील बहादुर बज्राचार्य, एकोन त्रिवि च्यापटरका संयोजक धन प्रसाद पौडेल लगायतका पदाधिकारी र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)