नेपाली नयाँ वर्षको अवसरमा अमेरिकामा आयोजना गरियो भव्य कार्यक्रम
nepalsamaya.com · Mon May 01 16:44:00 GMT 2023
साउदर्न- अमेरिकामा रहेका नेपालीहरूले नयाँ वर्ष २०८० को अवसरमा एक भव्य समारोहका बीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन्। नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा आइतबार कार्यक्रम गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सात समुन्द्र पारी रहँदा पनि आफ्नो संस्कृतिलाई यसरी सम्झिएको पाउँदा निकै खुसी लागेको बताए। 'विशेष कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकोमा यहाँहरूले भव्य समारोहमा आमन्त्रण गर्नु भएकोमा खुसी लागेको छ। यसका साथै उहाँहरूले प्रवासमा रहेर पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्दै आउनु भएको पाउँदा निकै हर्षित तुल्याएको छ,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)