मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रकाशकीय : रातोपाटी ११औँ वर्षमा प्रवेश

ratopati.com · Sat Jun 10 06:08:00 GMT 2023

१० वर्षअघि आजैको दिन (२०७० जेठ २७ गते) हामीले रातोपाटी डटकम (www.ratopati.com) न्युज पोर्टल पाठकमाझ ल्याएका थियौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकम १० वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको अवसरमा हामीलाई साथ दिने पाठक वर्ग, श्रोता–दर्शक, लेखक, विज्ञापनदाता, शुभेच्छुक र रातोपाटीसँग आबद्ध सबै सहकर्मीलाई हार्दिक आभार प्रकट गर्दछौँ ।

देशमा पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनबाट संविधान बन्न नसकिरहेको अवस्थामा गहन जिम्मेवारीबोधसहित हामीले उपस्थिति जनाएका थियौँ । नेपाली जनताले प्रजातन्त्र, बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्र र संघीयताका लागि ठुलाठुला बलिदानीपूर्ण संघर्ष गरे । हामी त्यतिबेला पाठकमाझ आएका थियौँ, जतिबेला न्यायप्रेमी नागरिकमा सङ्घर्षबाट प्राप्त उपलब्धि कतै संस्थागत नहुने पो हो कि भन्ने चिन्ता व्याप्त थियो । परिवर्तन संस्थागत हुनका लागि समाजवाद उन्मुख र सामाजिक न्यायमा आधारित संविधान लेखिनुपर्नेमा हामी प्रतिबद्ध रह्यौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)