मेथिनकोट अस्पतालमा निःशुल्क डायलासिस
gorkhapatraonline.com · Tue Sep 05 06:20:18 GMT 2023
बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, भदौ १९ गते । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, भकुन्डेबेँसीमा रहेको मेथिनकोट प्रादेशिक अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । सोमबारदेखि निःशुल्क डायलासिस सेवा सुरु गरेको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले जानकारी दिनुभयो । उहाँले मङ्गलबारदेखि बिरामीको उपचारका लागि दुई चिकित्सक र दुई स्वास्थ्यकर्मी (नर्स) को व्यवस्थापन गरिएको जानकारी दिँदै अस्पतालमा डायलासिसका लागि पाँच वटा मेसिन जडान गरिए पनि हाललाई तीन वटा मेसिनबाट सेवा प्रदान गरिने बताउनुभयो । “अस्पतालमा डायलासिस सेवा लिन आउने बिरामीका लागि तीन वटा मेसिनमार्फत दुई सिफ्टमा गरी दैनिक छ जनालाई निःशुल्क डायलासिस गरिने छ,” डा. दाहालले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)