मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरमा बिरामी दर्ता टिकट र भर्ना कागज अभाव, दुई दिनपछि ओपिडी सेवा बन्द हुने अवस्था

nayapatrikadaily.com · Wed Dec 13 00:33:00 GMT 2023

वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको अभाव भएको छ । अस्पताल प्रशासनले पूर्वतयारी नगर्दा अत्यावश्यक पर्ने टिकट र भर्ना कागज सकिन लागेको हो ।

अस्पतालको मौज्दातमा अब जम्मा चार हजार टिकट छ भने पाँच सयको हाराहारी भर्ना कागज । यसले दुई दिनलाई मात्रै पुग्छ । टिकट र भर्ना कागज सकिँदा शुक्रबारदेखि सेवा प्रभावित हुने अवस्था छ । बुधबार र बिहीबारलाई मात्रै पुग्ने टिकट स्टक रहेको अस्पतालले जनाएको छ । टिकट र भर्ना कागज सकिन लाग्दासमेत प्रशासनले खरिद प्रक्रिया अघि बढाएको छैन । टेन्डर आह्वानपछि पनि खरिदका लागि करिब १० दिन लाग्छ । पूर्वतयारी नगर्दा टिकट अभावका कारण ओपिडी सेवासमेत बन्द हुने अवस्था छ । टिकट नभए सेवा बन्द गर्नुको विकल्न नहुने अस्पतालका एक कर्मचारीले बताए । ‘वीरमा टिकट र भर्ना कागज मुस्किलले एक–दुई दिनलाई पुग्छ होला,’ ती कर्मचारीले भने, ‘सकिएपछि सेवा बन्द गर्नुपर्छ, किनभने बिरामीको विवरण त्यही टिकटमा लेखिन्छ, टिकटविना बिरामी जाँच्न समस्या हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)