ज्ञान व्यवस्थापनको अध्ययन
rajdhanidaily.com · Sat Jan 07 17:02:13 GMT 2023
विषय प्रवेश : जटिल, परिवर्तनशील, अन्तरजेलित, अन्तरनिर्भर र सुसूचीत समाजमा ज्ञानको महत्व बढेर गएको छ । देश र नागरिकको सेवा गर्ने उद्देश्यले स्थापित सार्वजनिक सेवा नागरिक र समुदायका आवश्यकता सहज र सरलढंगले परिपूर्ति गर्न सक्षम, सदाचारी र उत्तरदायी हुनुपर्दछ । सार्वजनिक सेवालाई गुणस्तरीय एवं सामयिक बनाउन ज्ञानको आवश्यकता पर्दछ । आधुनिक समाजमा ज्ञान एउटा आर्थिक, राजनीतिक समाजिक एवं प्राविधिक परिवर्तनको पुँजी हो । ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । विद्या बुद्धि हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । वास्तवमा ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । मूलतः ज्ञान व्यक्तिगत हो र प्रायशः ज्ञान छुन र देख्न नसकिने हुन्छ ।
वर्तमान समाजमा ज्ञान प्रसस्त छ तर यसको उपयोग भने कठिन बन्दै गएको छ । सार्वजनिक संगठनहरू व्यक्तिमा रहेको ज्ञान उपयोग गर्ने कारखाना हुन् । संगठनात्मक ज्ञान डाटावेस, प्रतिवेदनमा डकुमेन्टेड हुन्छ र संगठनको मूल्यमान्यता, नम्र्स, प्रक्रिया र अभ्यासमा पनि रहेको हुन्छ । संगठनले आप्mनो लक्ष्य प्राप्त गर्न ज्ञान प्राप्ति गर्ने, रचना गर्ने, उपयोग गर्ने, संरक्षण गर्ने, जोगाएर राख्ने गर्दछ । यद्यपि, कतिपय अवस्थामा संगठनको मूल्यवान ज्ञान अपर्याप्त हुने वा नष्ट भएर, हराएर वा नासिएर जाने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)