इयुद्वारा २१ औं प्रतिबन्ध प्याकेज स्वीकृत, प्रतिबन्धितहरूको संख्या ३ हजार १०० पुग्यो
nepalviews.com · Fri Jul 24 03:23:36 GMT 2026

एजेन्सी । युरोपियन युनियन (इयु) ले आफ्नो २१ औं प्रतिबन्ध प्याकेज औपचारिक रूपमा स्वीकृत गरेको छ। इयु काउन्सिलले ‘अफिसियल जर्नल अफ द युरोपियन युनियन’ मा सन्देश प्रकाशन गर्दै यो नयाँ प्याकेज लागू भएको जानकारी दिएको हो।
नयाँ प्रतिबन्ध प्याकेजअनुसार ४८ जना व्यक्ति र १६८ वटा संस्थाहरूलाई ब्ल्याकलिस्टमा थपिएको छ। यससँगै इयुको प्रतिबन्ध सूचीमा पर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूको कुल संख्या ३ हजार १०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)