जोकोभिच अन्तिम आठमा
ekantipur.com · Mon Jul 04 00:55:52 GMT 2022
लन्डन — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले आफ्नो सातौं विम्बल्डन उपाधिको सम्भावना आइतबार कायम गरेका छन् र यसका लागि अन्तिम आठमा प्रवेश गर्ने क्रममा डच वाइल्ड कार्ड टिम भानलाई चार सेटमा पराजित गरेका छन् ।
अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेको शीर्ष वरीयता प्राप्त जोकोभिच ६–२, ४–६, ६–१ र ६–२ ले विजयी रहे । वरीयताको १ सय ४ औं स्थानमा रहेको भानले दोस्रो सेट जितेर खेल रोमाञ्चक बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)