मुस्ताङमा पनि भित्र्याइयो फूलपाती
annapurnapost.com · Sat Oct 21 14:33:35 GMT 2023
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा पनि शनिबार धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ। नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ-आफ्नो शक्तिपीठमा फूलपाती भित्र्याएका हुन्।
मुस्ताङको जोमसोमस्थित नारायण दल गणबाट नेपाली सेनाले घटस्थापनामा राखिएका फूलपातीलाई बाजागाजासहित जोमसोमको गणेश मन्दिरमा पुर्याएको थियो। यसैगरी जोमसोमस्थित सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्म र जिल्ला प्रहरी कार्यालयले बाजागाजासहित आ-आफ्नो फूलपाती गणेश मन्दिर पुर्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)