रास्वपाको दाबी–दुई दिने अल्टिमेटम हामीले दिएको होइन
lokaantar.com · Sat Feb 04 17:53:24 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई दिन समय मागेकाले मात्रै आफूहरुले दुई दिन कुर्ने भनेको सो पार्टीको दाबी छ ।
‘त्यो दुई दिन समय हामीले दिएको होइन । हामीलाई अस्तिको दिन हामी बैठक बसिरहँदा राजनीतिक संयन्त्रको संयोजक र प्रधानमन्त्रीले माग्नु भएको हो’, नेता सन्तोष परियारले भने, ‘त्यो हाम्रो अल्टिमेटम होइन, त्यो उहाँहरुले दुई दिन छलफल गरौँ है भनेर भन्नु भएको हो । यो बीचमा छलफल भयो र हाम्रा यो मात्रै नभएर अन्य कुराहरु पनि रहेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)