अवैध क्रसर उद्योग छ्याप्छ्याप्ती
annapurnapost.com · Mon Jan 09 00:39:00 GMT 2023
महोत्तरी : महोत्तरीमा सञ्चालित धेरै क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू अवैधानिक रहेको खुलेको छ। जिल्ला अनुगमन तथा समन्वयन समिति महोत्तरीले अनुगमनको क्रममा यहाँ सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू अवैधानिक रहेको जानकारी दिएका छन्।
समितिले पुस ७ गते भंगहा, पुस १० गते बर्दिवास र पुस १३ गते गौशालामा स्थलगत अनुगमन गरेको जनाएको छ। स्थलगत अनुगमनका क्रममा जिल्लामा सञ्चालित सबै उद्योगहरूले तोकिएको मापदण्ड पूरा गर्न नसकेको जनाएको छ। ती क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू मापदण्डभित्र नरहेको, प्राकृतिक सम्पदाका रूपमा रहेका नदीजन्य वस्तुले विकास निर्माणलाई सहज भएको तर यसको सही ढंगले उत्खनन तथा नियन्त्रण नभएको प्रतिवेदनमा उल्लेख छ। विनाशका कारण डरलाग्दो परिस्थितिको सिर्जना हुन सक्ने पनि प्रतिवेदनमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)