मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बलिउडका चर्चित अभिनेता मुस्ताक खानको क्यान्सरका कारण निधन

ratopati.com · Thu Sep 24 17:52:12 GMT 2026

काठमाडौँ । हिन्दी चलचित्रमा आफ्ना स्मरणीय चरित्र तथा हास्य भूमिकाका लागि परिचित अभिनेता मुस्ताक खानको क्यान्सरका कारण बिहीबार साँझ निधन भएको छ ।

उनका छोरा मोहसिनले समाचार संस्था पीटीआईसँग कुरा गर्दै मुम्बईस्थित नानावती अस्पतालमा साँझ करिब ७ बजे उनको निधन भएको पुष्टि गरेका हुन् । पेट दुखेपछि अस्पताल लगिएका मुस्ताकको स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो । पछिल्ला केही दिनयता उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)