नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन, मुख्यमन्त्री थापाद्वारा शुभारम्भ
gorkhapatraonline.com · Thu Sep 24 18:04:26 GMT 2026

भोटेकोशी बाढी प्रभावित नुवाकोट र आसपासका क्षेत्रका नागरिकको आपतकालीन उपचारका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुरमा आजदेखि आपतकालीन तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ ।
गत भदौ १० गते आएको विनासकारी बाढीले पुल बगाउँदा त्रिशूली अस्पताल जाने मार्ग टुटेपछि सामान्य उपचारका लागि पनि काठमाडौँ जानुपर्ने बाध्यतालाई अन्त्य गर्न प्रदेश सरकारले स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उक्त केन्द्रको शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री थापाले बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सङ्कट देखिँदा तत्काल आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा चार शय्याको केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)