कर्मचारीमा विवाद, सेवा प्रभावित
annapurnapost.com · Sat Aug 13 00:26:00 GMT 2022
बुटवल : कर्मचारी भर्नाको विषयलाई लिएर रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको विवाद चरम उत्कर्षमा पुगेको छ। नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले विधि र प्रक्रिया मिचेर कर्मचारी नियुक्तिदेखि करारका कर्मचारी हटाएको उपप्रमुख कल्पना हरिजनले आरोप लगाएकी छिन्। यो विषय दिनप्रतिदिन पेचिलो बन्दै गएको छ। प्रमुख प्रशासकीय अधिकृत पाण्डेय र धेरैजसो कर्मचारीहरू कार्यालयमा उपस्थित भएका छैनन्। दैनिक प्रशासनिक काम रोकिएको छ। जनप्रतिनिधिको विवादमा कर्मचारीहरूसमेत दुई खेमामा उभिएर विभाजित भएका छन्।
नगरप्रमुख मुसलमानले छोरा जमिल अहमदान खानलाई अहेब, ज्वाईं जावेदआलम खानलाई सबइन्जिनियर र प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले साला विभाष त्रिपाठीलाई पाँचौं तहको प्राविधिक सहायकमा प्रक्रिया पूरा नगरी नियुक्ति गरेको उपमेयरले आरोप लगाएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)