मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेन्जेमाको ह्याट्रिकमा रियलले चेल्सीलाई हरायो

ekantipur.com · Thu Apr 07 00:44:06 GMT 2022

काठमाडौँ — करिम बेन्जेमाको ह्याट्रिकमा युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बुधबार चेल्सीलाई ३–१ ले हराएको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यो जितपछि रियल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

कार्लो एन्सेलोटीले यसअघि आफ्नो प्रशिक्षणमा रहेको क्लबमा विजयी पुनरागमन रचेका हुन् । बेन्जेमाले भने उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २१, २४ र ४६ औं मिनेटमा तीन गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)