जनकपुरमा लालबाबुसँगै इमरानको जलाइयो तस्बिर
hamrakura.com · Mon Jul 26 00:00:00 GMT 2021
धनुषा। राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ। अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वको समूहले मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै उनीहरूको तस्बिर जलाएको हो।
अभियानले जनकपुरको रामानन्द चोकबाट र्याली निकाली भानु चोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको तस्बिर जलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)