युद्ध भोगेका युक्रेनी बालक अझै 'भोलि खान' भन्दै खाना लुकाउँछन्
baahrakhari.com · Mon Apr 04 22:15:00 GMT 2022
लभिभ । रुसी फौजको नियनत्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा दसौँ हजार सर्वसाधारण विना बिजुली, पानी र ग्यास कष्टकर जिवन सहन बाध्य छन् । मानवीय राहत सामग्री वितरण र स्थानीय वासिन्दालाई त्यहाँबाट बाहिर लग्ने थुप्रै प्रयासहरू असफल भइसकेका छन् ।
अहिलेसम्म जति पनि त्यहाँबाट बाहिरिए, उनीहरूले निकै ठूलो दुख खप्नुपर्यो । त्यसमा पनि विशेष पीडितमा बालबालिका छन् । उनीहरूले सबैभन्दा पहिले किन्ने भनेको रोटी, ससेज र पानी हो । तीन सातासम्म मारिउपोल सहरस्थित आफ्नो अपार्टमेन्टमा लगातार रुसी फौजको आक्रमणका क्रममा झ्यालहरूसमेत ध्वस्त भएपछि नादिया देनिसेन्काले आफ्ना बालबालिकासँगै सहर छाडेकी थिइन् । धेरै दिनसम्म उनीहरूसँग निकै थोरै खाना मात्र थियो । पिउने पानी त नहुनु बराबरै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)