मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चीनमा कोभिडका कारण झण्डै ६० हजार जनाको मृत्यु ! 

baahrakhari.com · Sun Jan 15 17:10:00 GMT 2023

बेइजिङ । चीनले डिसेम्बरयता कोभिड–१९ संक्रमणका कारण झण्डै ६० हजार मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । अस्पताल र चिहानहरूमा अप्रत्याशित भिड रहेको भन्ने खबरका अघि यो तथ्यांकलाई पनि न्यून मान्न सकिने बताइएको छ ।

यसअघि केही सातासम्म चीन सरकारले अत्यन्तै कम संख्यामा संक्रमितको ज्यान गएको तथ्य बाहिर ल्याउने गरेको थियो । सरकारले सार्वजनिक गरेको यो पछिल्लो तथ्यांक पनि निकै कम हुनसक्ने भएपनि चीनले भने अहिले संक्रमणको 'आपत्काल चरम' अवस्था पार भइसकेको पनि बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)