जगरनाथपुरमा बृहत् वृक्षारोपण
ratopati.com · Thu Sep 24 18:44:46 GMT 2026

पर्सा । यहाँस्थित जगरनाथपुर गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ वृक्षारोपण गरेको छ । वडा नं २ को लक्ष्मीपुरस्थित फूलबारी टोलमा रहेको करिब २० बिघा सार्वजनिक तथा कृषि वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
गाउँपालिकाको वृक्षारोपण अभियानअन्तर्गत बिहीबार करिब २० बिघा जमिनमा जामुन, आँप, लिच्ची, कटहर, मेवा, मोहबनी, अम्बा, टीक र सिसौलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत सुरु गरिएको वृक्षारोपण क्षेत्रमा बिरुवाको संरक्षणका लागि वन क्षेत्रलाई तारबार पनि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)