स्पेनमाथि दबाब बनाउदै माेरक्काे, अतिरिक्त समयकाे पहिलाे हाफमा पनि गाेल भएन
nepallive.com · Tue Dec 06 16:56:00 GMT 2022
काठमाडौं– माेरक्काेले उत्कृष्ट डिफेन्सकाे प्रदर्शन गर्दै स्पेनलाई अतिरिक्त समयकाे पहिलाे हाफमा पनि गाेलरहित बराबरीमा राेकेकाे छ।
अझ अतिरिक्त समयमा माेरक्काेका वालिद चेदिराले गाेलकाे दुई वटा माैका गुमाए। उनले पहिलाे हाफकाे ५ मिनेटमा पाएकाे गाेलकाे सुवर्ण अवसरलाई खेर फ्याकेका थिए। ८२ मिनेटमा इटालीकाे दाेस्राे दर्जाकाे टिम बारीबाट व्यवसायिक फुटबल खेल्ने वालिदले स्पेनिस गाेलकिपर र आफू मात्र भएकाे अवस्थामा पनि गाेल गर्न सकेनन्। उनले पछि पनि माैका पाएका थिए। तर त्यसमा पनि डिबक्सबाट गाेल गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)