इजरायली आक्रमणमा लेबनानी सेनाका ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु
kendrabindu.com · Sun Jun 07 02:43:12 GMT 2026

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको युद्धविराममा सहमत भएको केही दिनमै भएको हो ।
लेबनानी सेनाका अनुसार खर्दाली–नबातियेह सडकमा एक सैन्य सवारीसाधनमाथि भएको इसरायली आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)