जब मुस्कुराइन्, चिचिफुली
rajdhanidaily.com · Fri Nov 12 23:12:59 GMT 2021
इकुडोल (ललितपुर) । खानीडाँडा खोंचको ‘झुपडी घर’ पुग्दै गर्दा बिहानी पारिलो घामले निधार डामे पनि ‘कात्तिके मौसम’ चिसो छ । अलि उकालो लागेपछि दुई घरको चेप हुँदै जब ‘झुपडी’को आँगन पुगें, सास रोकिएझैं भयो । बाटाभरिका तर्कना एकै निमेषमा ‘शून्य’ बने । अघिल्तिर अनायास आइपरेको दृश्यले वाक्य फुटाउनै मुस्किल पा¥यो ।
मूलढोका छेवैको देवब्रेतिर २३ वर्षीया चिचिफुली थिङ ‘अर्धनग्न’ अवस्थामा थुरथुर काम्दै कक्रक्क परेर बसिरहेकी छन् । उनको शरीरमा कुनै विद्यालयको हरियो–निलो ‘टि–सर्ट’मात्रै देखिन्छ । एकोहोरो टोलाइरहने चिचिफुलीलाई ‘एक्कासि के भयो ?’ अहिलेसम्म कसैले बुझ्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)