बाजुरामा पहिरो, १३ परिवारलाई सुरक्षित स्थानमा लगियो
baahrakhari.com · Fri Jul 24 05:36:09 GMT 2026

काठमाडौं । बाजुरामा पहिरो खसेकाे छ । घरमाथिबाट पहिरो खसेपछि १३ घरधुरी जोखिममा परेका छन् । बडिमालिका नगरपालिका –९, सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा लगिएकाे छ । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।
शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । बस्ती जोखिममा परेपछि जिल्ला प्रहरी कार्यालय बाजुराले घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेर उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)