‘मधेसी जनताको माया पाए मधेसमै आएर चुनाव लड्छु र प्रधानमन्त्री बनेपछि संविधान संशोधन गर्छु’
deshsanchar.com · Sat Oct 30 14:11:23 GMT 2021
जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको साथ पाए मधेसमै आएर चुनाव लड्ने र प्रधानमन्त्री बनेर संविधान संशोधन गर्ने बताएका छन्। मधेसी जनताको पक्षमा सधैँ माओवादी रहेको भन्दै उनले आगामी निर्वाचनमा मधेसमै आएर चुनाव लड्ने बताएका छन्।
सर्लाहीको मलंगवामा शनिबार आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा गणतन्त्र माओवादीकै कारणले आएको बताउँदै उनले भने, ‘मधेसलाई सम्मान दिने, पहिचान दिने र मधेसीलाई राष्ट्रको सर्वोच्च निकायमा नेतृत्वमा पुर्याउने पहल माओवादीले गरेको घोषणा तपाईंहरूले गर्नुभएको छ, मलाई आज गर्भ महसुस भइरहेको छ। मधेसका बुद्धिजीवी, शिक्षकले यो कुरा बुझ्नुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)